काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले आफ्नी आमाको स्मृतिमा एउटा नयाँ म्युजिक भिडिओ सार्वजनिक गरेका छन् ।
‘अर्जुन मिलन’ को नामबाट साहित्यिक र सांगीतिक क्षेत्रमा सक्रिय आचार्यले आइतबार ‘सम्झिरहे रातै भरि’ बोलको गीति भिडिओ आफ्नै युट्युव च्यानल Bhimarjun Acharya मार्फत सार्वजनिक गरेका हुन् । यस गीतमा आचार्यको आफ्नै शब्द, संगीत र स्वर रहेको छ ।
अर्थपूर्ण शब्द, मेलोडियस संगीत र हृदयको गहिराइबाट आएको भावनाले नै एउटा जीवन्त गीतको सिर्जना हुन्छ भन्ने मान्यता राख्ने आचार्यका यसअघि नै ‘मौनताको शहर’, ‘सजिलो हुँदैन जीवन’, ‘एउटा जीवन’, र ‘अतीत’ गरी चारवटा गीति एल्बम सार्वजनिक भइसकेका छन् ।
उनका चर्चित गीतहरूमा ‘सबैले देशबाट’, ‘हिमालका कुरा गर्यौ’, ‘हाँसो कता भाग्यो कुन्नी’, ‘ढिंडो भए हुन्छ मलाई’, ‘मौनताको शहरमा’, ‘कसरी भनूँ तिमीलाई’, ‘फेरि आज यो मनमा’, ‘जित्नेलाई मीठो जीवन’, ‘मानिसको जिन्दगी यो’, ‘एउटा जीवन हुँ म’, ‘एकान्तमा आँसु बन्दै’, ‘आफैंसँग बिरानो म’, र ‘जीवन हो लामो बाटो’ लगायतका रहेका छन् ।