
काठमाडौं । ७२ औं मिस वर्ल्डको ताज थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले पहिरेकी छिन् । शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितेपछि ७१औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपलको शिरमा ताज पहिराएर सम्मान गरेकी हुन ।
उनले १०८ प्रतिस्पर्धीलाई पछि पार्दै थाइल्याण्डको पहिलो मिस वर्ल्ड बन्न सफल भइन् । यसै समारोहमा इथियोपियाकी ह्यासेट डेरेजे एडमासु उपविजेता घोषित भइन् । पोल्याण्ड र मार्टिनिकका क्रमशः तेस्रो र चौंथो उपविजेता घोषित भए ।
चुआंगश्रीको जन्म २० सेप्टेम्बर २००३ मा थाइल्याण्डको फुकेटमा भएको हो । उनी थाममासट विश्वविद्यालयकी विद्यार्थी हुन् र २०२४ मा मिस युनिभर्स थाइल्याण्डको उपविजेता र २०२४ मा तेस्रो रनर–अप पनि भएकी थिइन् ।
भारतले यसपटक लगातार दोस्रो वर्ष मिस वर्ल्ड प्रतियोगिता आयोजना गरेको छ । यसअघि २०२४ मा मुम्बईमा प्रतियोगिता सम्पन्न भएको थियो ।
भारतकी नन्दिनी गुप्ताले टप २० मा स्थान बनाउँदा पनि फाइनलमा प्रवेश गर्न सकिनन् । यसअघि भारतले ६ पटक मिस वर्ल्ड जितेको छ, जसमा ऐश्वर्या राय र प्रियंका चोपड़ा अहिले पनि चर्चित छन् ।
नेपालबाट सहभागि सृच्छा प्रधानले अन्तिम ४० मा समेटिन सकिनन् ।
कोभिड संकटको बेला मानवीय कार्यमा सघाएको भन्दै बलिउड अभिनेता सोनु सुदलाई मिस वल्र्ड हुमानिटरियन अवार्ड प्रदान गरिएको थियो । सुद प्रतियोगिताका जज पनि थिए । अभिनेता सुदलाई साउथ स्टार राणा दगुबातीले अवार्ड प्रदान गरेका छन् ।
भविष्यमा राजदूत बन्न चाहना राख्ने ओपल अन्तर्राष्ट्रिय सम्बन्धकी विद्यार्थी ओपलहुन् । उनलाई मनोविज्ञान र मानवशास्त्रमा पनि रुचि छ । उनले स्तन क्यान्सरलाई समर्थन गर्ने संस्थाहरूको लागि स्वयंसेवा गरेकी छिन् । आफ्नी एक समर्थकले आफू ’क्यान्सरमुक्त भएको र १६ वर्षको उमेरमा शल्यक्रियाको सामना गरेपछि उनको लडाईंको क्रममा उनलाई प्रेरित गरेको क्षणलाई उनले आफ्नो जीवनको गर्वको क्षण भएको बताएकी छन् ।
‘तपाईंले बाँच्नुभएको कारणले अर्को एक जीवनले सजिलोसँग सास फेरेको छ भनेर जान्नु नै सफल हुनु हो’ उनको आदर्श वाक्य हो । ओपलले १६ बिरालाहरू र पाँचवटा कुकुरहरू घरमा पालेको बताइएको छ ।

























