काठमाडौं । रामेछापबाट लुक्ला उडेको सिता एयरको जहाजमा समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ । फोर्स ल्याण्ड गर्दा विमानस्थल नै केहीबेर अवरुद्ध भएको थियो ।
जहाजमा समस्या आएपछि जहाज हटाउने समयमा त्रिभुवन विमानस्थलमा ५ मिनेट अवरुद्ध भएको हो । सिताको जहाज ट्याक्टरले तानेर पार्किङस्थलमा पुर्याइएपछि चेक जाँच भइरहेको बताइएको छ ।