काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् ।
बुधबार जिल्ला अदालत काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको जाहेरी पक्षबाट बहस समेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात प्रयास भएको हो ।
समर्थक मध्ये केहीले आक्रमण गर्न खोजेपछि प्रहरीले त्रिपाठीलाई सुरक्षा दिएको थियो । प्रहरीको समूहले घेरा हालेर वरिष्ठ अधिवक्ता त्रिपाठीलाई सुरक्षित स्थानतर्फ लगेको छ ।
लामिछानेको मुद्दामा आजै आदेश आउने भएपछि रास्वपा र रविका समर्थक दिउँसैदेिख अदालत वरिपरि बाक्लो संख्यामा उपस्थित भएका थिए ।
रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।
अहिले अदालत परिसरमा सञ्चारकर्मीलाई समेत भित्र जान दिइएको छैन ।