काठमाडौं । सिनामंगलको जन्मभूमि होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको र उनीहरु हिजो मात्रै क्यानडाबाट फर्किएको खुलेको छ ।
होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका उनीहरू सुनसरी दुहकीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी रहेको प्रहरीले जनाएको छ ।
सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्किएको पाइएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन् ।
उनीहरू सो होटलमा शनिबार साँझ पौन ७ बजे पुगेका थिए । चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका उनीहरुको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।