काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गर्नु भएको छ ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति पौडेलले सेनापति द्विवेदीलाई महारथी प्रदान गर्नु भएको हो ।
सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राई, प्रधान सेनापति अशोक राज सिग्देलकोलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो ।
नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एकअर्का देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेको छ । द्विवेदीले गत नोभेम्बर १ मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
द्विवेदी पाँच दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौँ आइपुगेका थिए ।