काठमाडौं । भारतीय सेनाका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौँ आइपुगेका छन् ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको रहेको छ ।
नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एकअर्का देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेको छ । द्विवेदीले गत नोभेम्बर १ मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
उनले आजै सैनिक मञ्च टुँडिखेल पुगेर वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने छन् । कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तर्क्रिया र पश्चिम पृतना हेडक्वाटरको भ्रमण गर्ने तालिका पनि छ ।