काठमाडौं । कीर्तिपुर नगरपालिका–२ स्थित कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा एक महिलाको शव फेला परेको छ ।
हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले आत्माहत्या गरेको आशंका गरेको छ। तर अन्य हिसाबबाट पनि अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार हातमा घडी र चुरा लगाएकी महिलाले लगाएका चप्पल, लुगालगायत पनि दुरुस्त अवस्थामा छन् ।