काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा राष्ट्रियसभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको जानकारी दिइएको छ ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ भने समीकरण फेरिएपछि प्रधानमन्त्रीले बुधवार संसदबाट विश्वासको मत लिने भएका हुन् । त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ ।
प्रचण्डले फागुन ३० गते संसदबाट विश्वासको मत लिने तयारी छ । उनले आइतबार नै विश्वासको मत लिनका लागि संसद सचिवालयलाई पत्रसमेत पठाएका छन् ।
प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।




















