टीकापुर । टीकापुरमा आज हुने भनिएको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी विरामी परेर अस्पताल भर्ना भएकाले बैठक स्थगित भएको संस्थापक केन्द्रीय सदस्य रमेश विकले बताए।
अध्यक्ष रञ्जीताले नयाँ गठबन्धनमा जाने वा नजाने र सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने विषयमा आज टीकापुर केन्द्रीय समितिको बैठक आह्वान गरेकी थिइन्।
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट राज्यमन्त्रीसहित तीन जना मन्त्री थपेपछि उक्त पार्टीमा विवाद सिर्जना भएको छ ।



















