काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालयमा सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
फागुन ७ देखि १० सम्म गोदावरीमा हुने महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन आजको बैठकबाट पारित हुनेछ ।
उपसभापति पूर्णबहादुर खड्काले तयार गरेको ५६ पृष्ठको नीति प्रतिवेदन बैठकले पारित गर्दैछ।
बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित गर्नेछ।




















