काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक संबाद अभियानका क्रममा अधिकांश स्थानमा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन् ।
आइतबार चितवनमा आयोजित नागरिक संबाद कार्यक्रममा बोल्दै थापाले अधिकांश कार्यक्रममा गठबन्धन गलत भएको सुझाव आएको बताएका छन् । अभियानका क्रममा गठबन्धनका बिषयमा आएका सुझावलाई अव पार्टीको दस्ताबेजमा लेख्न सकिने उनले बताए । उनले पार्टीको गतिविधिमा नेता कार्यकर्तामाझ असन्तुष्टी भए त्यस्ता गतिविधिलाई सच्चाउनुपर्ने धारणा राखेका छन् ।
नागरिक संबादका क्रममा बिकास योजना, बजेट लगाएतका बिषयमा सुझाव लिइरहेको थापाले बताएका छन् ।




















