काठमाडौँ । अभिनेत्री आँचल शर्माले आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखी फेसबुक पेजमा पोस्ट गरेको भन्दै दुईवटा फेसबुक एकाउन्टको नाम उल्लेख गरी शनिबार साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।
उनले ती फेसवुक पेज चलाउने व्यक्तिको गरी कारबाही गर्न माग गर्दै साइबर ब्युरोमा उजुरी दिएकी हुन । उजुरी गर्न आँचल पति उदिपसँगै शनिबार बेलुका साइबर ब्यूरोको कार्यालय पुगेकी थिइन् । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।
आफूविरुद्ध लेखिएका समाचारका स्क्रिनसटसहित आँचलले फेसबुक पेजहरू https://www.facebook.com/officialRORR / NEB Result & Update विरुद्ध साइबर ब्युरोमा निवेदन दिएकी हुन्।
निवेदनमा उनले भनेकी छन्, ‘….अस्वाभाविक फेसबुक पेज नाम राखी सञ्चालनमा रहेको सामाजिक सञ्जाल फेसबुक पेजमा मेरो अनुमतिबिना मेरो फोटोसहित मेरो चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति एकिन पहिचान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गरी पाऊँ।’