काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न मन्त्रिपरिषद् आज दिउँसो बस्ने भएको छ। सिंहदरबार बस्ने मन्त्रिपरिषद्को बैठकले पास गरेपछि संघीय संसद्मा अर्थमन्त्री प्रकाशशरण महतले दिउँसो ४ बजे पेश गर्नेछन् ।
यसैगरी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा नेपालको तर्फबाट समावेश गर्ने एजेन्डा र प्रतिनिधि मण्डलको विषय पनि टुंगो लगाउने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् । यसअगाडि शनिबार नेपाल र भारतका मन्त्रालयले विज्ञप्तिमार्फत् औपचारिक भ्रमणको जानकारी दिए पनि भ्रमण राजकीय हुने/नहुने उल्लेख गरिएको छैन ।