काठमाडौं । मीन विश्वकर्मा नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मनोनित भएका छन् । महाधिवेशन भएको ६ महिना भित्र विभाज गठन गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भए पनि सभापति शेरबहादुर देउवाले झण्डै डेढ वर्षपछि २८ विभाग मध्ये प्रचार विभागको प्रमुख नियुक्त गरेका हुन ।
पूर्व सांसदसमेत रहेका आफू निकटका विश्वकर्मालाई देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् । दलित संघको अध्यक्ष रहेका विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुन् ।