काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजे बस्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्ध आदि विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी जेठ १७ गते छिमेकी देश भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणमा लामो समयदेखि उठ्दै आएका यी विषय पनि समेट्न विज्ञहरूले सुझाव दिइरहेका बेला समितिको बैठक बस्न लागेको हो ।




















