काठमाडौँ । राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल हुने भएको छ ।
बिहीबार बसेको राष्ट्रियसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम माथि ३ दिन छलफल गर्ने निर्णय गरेको हो ।
बैठकले जेठ ७,८ र ९ गते छलफल गर्ने र ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यपालिका तय गरेको छ।
सरकारले शुक्रवार सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक)मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।




















