काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नक्कली भूटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नक्कली भूटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताए ।
उनले काँग्रेस पार्टीको नेताहरु नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिनुले काँग्रेसको गरिमामा आँच आएको बताए । उनले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताए । उनले कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने बताए । उनले देशको नागरिकलाई अनागरिक बनाइ मानव बेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको बताए ।
नेता कोईरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताए । उनले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको बताए ।




















