काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे, बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
त्यस्तै आज सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।
बस्नेतको गत २०८० वैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।





















