काठमाडौँ। संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
हाल काठमाडौँको सिफलमा बस्दै आएका बस्नेत २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मिएका थिए । बस्नेत नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए ।
काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका थिए । बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए ।



















