काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई-चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २-४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोली (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे । उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव आराम ढंगले सरकारले काम गर्ने दावी समेत गरे ।
प्रधानमन्त्री दाहालले भने, ‘अव आज विश्वासको मत प्राप्त भईसकेपछि भोली विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमती भएको छ । सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ । भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्य तिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ । जति भयो त्यो चाँही पर्याप्त छ । अव आरामसँग सरकार चल्छ । अव विकास, निर्माणको कामले गति लिन्छ ।’
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा बैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताए ।