काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका हुन् ।
ओलीले प्रधानमन्त्री प्रचण्डप्रति विश्वास नभएको कारणले विश्वासको मत नदिने बताए ।
प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएका छन् ।




















