काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा) बाट प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी छिन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय सभा सदस्य यादवले उम्मेदवारी दर्ता गरेकी हुन् ।
यादवको प्रस्तावकमा सांसदहरू रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।




















