काठमाडौं । नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक शुरु भएको छ ।
बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको हो । बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।
त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ ।




















