काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिनेछ । साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन् भने प्रतिपक्षी दलबाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई उठाएको छ ।
राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेबाट नै निर्वाचन आचारसंहिता लागू भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न नपाइने निर्वाचन आयोगले बताएको छ ।




















