काठमाडौँ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार बनेका रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् ।
आगामी फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनबाट आफू विजयी हुन पौडेलले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन् ।
यसैक्रममा उनले नेकपा एकीकृत समाजवादीका सम्मानित खनालसँग आज बिहान भेट गरेर मत मागेका छन् ।
पौडेल-खनाल भेटमा समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।
नेता खनाललाई भेट्न पौडेल खनाल निवास डल्लु पुगेका थिए ।




















