काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा रीता थापा मगर निर्वाचित भएकी छन् ।
धादिङमा भइरहेको महाधिवेशनबाट रीता सर्वसम्मत अध्यक्ष निर्वाचित भएकी हुन् भने वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मालाई सर्वसम्मत चुनिएका छन् ।
त्यस्तै, रामजी खाँण, राधिका हमाल, सुवास केसी र दीपक खड्का उपाध्यक्ष चुनिएका छन् भने महासचिवमा शिव हमाल पनि सर्वसम्मत भएका छन् ।
शुक्रबारबाट शुरु भएको महाधिवेशनबाट उपमहासचिवमा हरि डाँगी र शिरीष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना, लुम्बिनी सचिवमा दिपक गरौजा मगर, सुदूरपश्चिम सचिवमा नविन सिंह धामी, उपत्यका सचिवमा प्रकाश सपूत, कर्णाली सचिवमा उत्तम शर्मा, विदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जिवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सांगठनिक सहसचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा राजकुमार रायमाझी, विदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सहसचिवमा सीता राना निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, महिला सहकोषाध्यक्षमा जुना श्रीस जैकली, मधेश सदस्यमा कृष्ण प्रसाद गौतम, सु।प। सदस्यमा पदम बहादुर धामि, उपत्यका समन्वय सदस्यमा तिलक परियार, कर्णाली सदस्यमा राजकुमार खत्री र बागमती सदस्यमा भरत बाराकोटी निर्विरोध निर्वाचित भएका छन् ।
आठौं महाधिवेशनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको आकार बढाएको छ । ५७ बाट कार्यसमितिको संख्या ७५ मा पुगेको छ ।
प्रतिष्ठानमा २३ हजार ३ सय २२ साधारण सदस्य, २ हजार ७ सय ७३ आजीवन सदस्य, २६ मानार्थ सदस्यसहित २६ हजार जना बढी आवद्ध छन् ।
सर्वसम्मत हुन नसकेका पदहरुमा चुनाव हुँदैछ । महाधिवेशन आज सकिदैछ ।