काठमाडौं । हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले सञ्चालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लव’ चैत २ गतेबाट पुनः सञ्चालनमा आउने भएको छ । कि इन्टरटेन्मेन्ट तथा ए.डी.रिलिजको सहकार्यमा लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडि क्लब नियमित रुपमा उत्पादन गरी सि.टि.एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ र युट्युबमा OSR Digital बाट प्रसारण हुने बताइएको छ ।
चैत्र २ गतेबाट प्रत्येक बिहिबार बेलुकी ९:०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने मुन्द्रेको कमेडि क्लबका मुख्य कलाकारका रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् । नायिका कार्की शोको अध्यक्षको रुपमा प्रस्तुत हुने छिन् । यसअघि पहिलो सिजनमा दिपाश्री निरौला अध्यक्ष थिइन् भने दोस्रो सिजनमा नायिका करिश्मा मानन्धर थिइन् ।
त्यसैगरि कलाकारहरु दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटा रहेका छन् आवश्यकता अनुसार अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति हुने बताइएको छ । कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन् । यसअघि दुई सिजनामा सञ्चालन भएकाभन्दा यस पटक अधिकांस कलाकार फरक छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस कार्यक्रमबाट हाँसो र व्यङ्ग्य मार्फत परिवार, समाज र आम जनमानस समाजलाई सु–सूचित हुने अवसर मिल्ने अपेक्षा गरिएको कलाकार नेपालले बताएका छन् । साथै देशका लब्ध प्रतिष्ठित विभिन्न विधाको व्यक्तिहरु पाहुनाका रुपमा स्विकार गरि मनोरन्जन प्रदान गर्ने विश्वास लिइएको उनले बताएका छन् ।
त्यस्तै, अभिनेत्री प्रियंका कार्कीले शोमा जोडिन पाएकोमा आपूmलाई खुशी लागेको बताइन् । उनले सकेसम्म शोलाई उत्कृष्ट बनाउने प्रयास गर्ने बताएकी छिन् ।
उक्त कार्यक्रमको मुख्य प्रायोजकमा सि.टि.एक्सप्रेस मनि ट्रान्सफर रहेको छ भने कार्यक्रमको मार्केटिङ ए.डी.रिलिज प्रा.लि.ले गर्दैछ ।