काठमाडौंँ । हाँस्यकलाकार महादेव त्रिपाठी अमेरिकाको न्यु जर्सी राज्यका क्राउन्सिल प्रेसिडेन्ट जोयर वाटरम्यानबाट ‘गोर्खाली सम्मान’ द्धारा सम्मानित भएका छन् ।
अमेरिकाको न्यु जुर्सीमा आयोजित एक समारोहकाबीच डा. बिष्णुमाया परियारले त्रिपाठीलाई सम्मान प्रदान गरेकी थिइन् । नेपाली नागरिक परियार वाटरम्यानकी सल्लाहकार हुन् । शारिरक अवस्थतताको कारण वानरम्यानले आफ्नो प्रतिनिधित्वको रुपमा परियारलाई पठाएका थिए ।
अमेरिकाको एक सहरका मेयरबाट पुरस्कृत हुन पाउँदा आफुलाई गर्व लागेको त्रिपाठीले बताएका छन् । आफुले पाएको सम्मान आफ्नो मात्र नभएर पुरै नेपालीको सम्मान भएको उनले बताएका छन् ।
यस अगाडि जर्सी सिटी सहरका मेयर स्टिभन फुलपको विविधता र समावेसी बोर्डकी पुर्व सल्लाहकार रहेकी परियार हाल जर्सी सिटी सहरको महिला सल्लाहकार तथा रोजगार तालिम कमिटीको सदस्य रहेकी छन् ।
सम्मान कार्यक्रममा चर्चित फाटो ग्राफर सागर गुरुङ, रमेश कुमार दर्नाललगायतको उपस्थिती रहेको थियो ।
अमेरिकामा नेपाली कलासंस्कृति प्रदर्शन र सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने उदेश्यले अमेरिका पुगेकी त्रिपाठीले करिब दुई दर्जन कार्यक्रममा जादु, कमेडी र गीतसंगीतबाट दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए ।
कलाकार त्रिपाठीले अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस, न्यु जर्सी लगायतका स्थानमा करिब एक दर्जन कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए ।
त्रिपाठीलाई अमेरिका कार्यक्रममा सहभागिताका लागि मनास्लु वल्र्ड कलेज चुच्चेपाटीले पठाएको हो । अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको बिभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु आफ्नो अमेरिका भ्रमण र कार्यक्रममा सहभागिताको मुख्य उद्देश्य रहेको त्रिपाठीले बताएका छन् ।