काठमाडौं । मिस नेपाल-२०२३ का लागि आवेदन खुलेको छ । द हिडेन ट्रेजरले बिहीबार पत्रकार सम्मेलनमार्फत आवेदन खुला भएको जानकारी दिएको हो ।
आवेदकले २०७९ चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने छ ।
यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा भाग लिनका लागि आवेदकले शुल्क तिर्नुपर्दैन ।
विजेताहरू मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनलमा सहभागी हुनेछन् । प्रतियोगिताका लागि सातै प्रदेशमा अडिसन आयोजना हुने छ।
गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले मनिला, फिलिपिन्समा मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी थिइन् ।