काठमाडौं । ती वटा सिरिजसम्म अपार सफलता पाएपछि बनेको वहुप्रतिक्षित चलचित्र ‘छक्कापञ्जा ४’ फागुन १९ गते प्रदर्शन हुँदैछ । सो चलचित्रको पहिलो गीत ‘दर्शन सलाम’ हालै सार्वजनिक भएको गरिएको छ ।
फिल्मका महत्वपूर्ण दृश्य समेटिएको गीतमा गाउँको चुनावको सन्दर्भ र परिवेश समेटिएको छ ।
फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वको खुलासा पनि गीतको भिडियोले गरेको छ । दृश्यअनुसार दीपकराजलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ । ‘यो गाउँमा मैले सोचे जति भोट आयो कि आएन, पहिले यहाँ गन्ने अनि लाने’ डायलगसँगै दीपकको चरित्रलाई स्थापित गरिएको छ । जसले फिल्मको कथावस्तु पनि सामाजिक(राजनीतिको वरपर केन्द्रित भएको देखिन्छ ।
चुनावको माहोल र सन्दर्भको कथावस्तुमा गीत ‘दर्शन सलाम’को कोरियोग्राफी गरिएको छ । जहाँ दीपक, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार फिचर्ड छन् ।
दीपक र दीपाले अनस्क्रिन जोडीको रुपमा गीतमा नृत्य गरेका छन् । स्वस्तिमा र राजलाई जोडीको रुपमा देख्न सकिन्छ । कोरस डान्सरसँगै कलाकारले छमछमी कम्मर मर्काएका छन्, जसले गर्दा यो गीत डान्सिङ ट्रयाक पनि बन्न सक्छ ।
डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत निर्देशन छ । नरेन्द्र मैनालीको छायांकन र कविराज गहतराजको डान्स कोरियोग्राफीले गीतलाई आकर्षक भिजुअल ट्रिट प्रदान गरेको देख्न सकिन्छ । हेमराज बीसी निर्देशित फिल्मको केन्द्रमा यसपटक राजनीति र समाज बुनिएको छ भने छक्कापञ्जा सिरिजको कथा भन्ने शैली कमेडी नै हो । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको छ ।