काठमाडौँ । आगामी चैतबाट छायांकन शुरु हुने फिल्म ‘हात्तिछाप’मा अभिनेत्री उपासनासिंह ठकुरी अनुबन्ध भएकी छन् । सिमोस सुनुवारले निर्देशन गर्न लागेको यो फिल्ममा ठकुरीले शीर्ष भूमिकामा अभिनय गर्नेछिन् । किरण नेपालीले निर्माण गर्न लागेको यो वर्षको हिट फिल्म ‘दुई नम्बरी’का समेत निर्माता हुन् ।
नेपालीले नयाँ फिल्म ‘हात्तिछाप’मा पुरानो फिल्म ‘दुई नम्बरी’का स्टारकास्ट नै दोहोर्याउने भएका छन् । ‘दुई नम्बरी’मा काम गरेका दयाहाङ राई र सौगात मल्लले ‘हात्तिछाप’का लागि औपचारिक सम्झौता गरिसकेका छन् ।
सामाजिक विषयवस्तुमा निर्माण हुने ‘हात्तिछाप’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।
बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गर्ने ‘हात्तिछाप’मा दीपक मनाङे र अमलादेवी राईले लगानी गर्ने छन् ।