काठमाडौं । गायक डा.भोला रिजालले आफ्नो रचनामा नयाँ गीत ‘केही छिनको मस्तीले‘’ को भिडियो सार्वजनिक गरेका छन् ।
‘लागू पदार्थ दुव्र्यसनीरहित समाज निर्माणका लागि सम्पूर्ण विश्वभरिका मानव जातिहरू एकजुट बनौँ’ भन्ने नारासहित गीतकार तथा चिकित्सक रिजालकै आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।
यो गीतमा मनोहर सुनामको संगीत तथा संगीत संयोजन रहेको छ । गीतमा स्वरूपराज आचार्य, हिमाल सागर, रिमा गुरुङ र विष्णु चेम्जोङले स्वर दिएका छन् ।
गीतको भिडियोलाई सम्पादक वीरेन्द्र भाट विपिनले क्रियटिभ निर्देशन गरेका छन् । उनले लागूऔषध दुव्र्यसनीहरूको समस्या र त्यसबाट बच्ने उपायलाई निकै राम्ररी भिडियोमा प्रस्तुत गरेका छन् । भिडियोमा वीरेन्द्र भाट विपिनकै छायांकन र सम्पादन पनि छ ।