काठमाडौं । चलचित्र विकास बोर्ड पछि हटेको छ । सोमबारको बोर्ड बैठकले एक साताअघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेर चार दिनअघि बनाएको छ भने ११वजेपछि पनि फिल्म चलाउने दिने भएको छ ।
प्रदर्शक संस्था चलचित्र संघले चरणबद्ध आन्दोलन गरेपछि भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठक राति ११ बजेपछि फिल्म प्रदर्शन गर्न चाहने हल संचालकले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरेर प्रदर्शन गर्न सक्ने निर्णय र सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो ।
चलचित्र क्षेत्रका समस्याको समाधानका सम्बद्ध निकायसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड तत्पर रहेको समेत अध्यक्ष भुवन केसीले बताएका छन् ।