काठमाडौ । नेपाली कांग्रेस शेखर पक्षको बैठक खबरदारीका भावी कार्यक्रम घोषणा गर्न बसिरहेको छ ।
पार्टीभित्र समान न्याय र अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ ।
सो बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् ।
बैठकमा खबरदारीको अगुवाई गरिरहेका नेता गुरुराज घिमिरे, नुवाकोटमा पूर्व जिल्ला सभापति जगदिशश्वर नरसिंह केसी सहित भुपेन्द्र जंगशाही लगायत सहभागी छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना बनाउने विषयमा छलफल भइरहेको छ ।
शेखर पक्षले आफ्नो समूहलाई प्रत्यक्ष तथा समानुपातिकमा ४० प्रतिशत उम्मेदवार नदिए विद्रोह गर्ने चेतावनी दिएको छ ।