काठमाडौँ । सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको एक नेताले बताए ।
उनले भने, ‘आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल सुरु गर्ने सहमति भएको छ ।’