काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक चलिरहेको छ ।
आगामी निर्वाचनमा प्रत्यक्ष तर्फको सिट बाँडफाँडका लागि दिनहुँजसो सत्ता गठबन्धनका शीर्ष नेता जुटे पनि हालसम्म सहमति हुन सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहाकार गोबिन्द परियारले दिएको जानकारी अनुसार बैठक केहीबेर अघि शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।
गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटका लागि डेढ महिना अघि कार्यदल गठन गरिएको थियो ।
यसअघि साउन मसान्तभित्र सिट बाँडफाँडको खाकासहित सुझाव दिन कांग्रेस नेता कृष्ण सिटौलाको अध्यक्षतामा गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको छ ।




















