काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँचवटा रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो ।
राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् ।




















