अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्ता साझेदार पाँच दलीय गठबन्धन कुनै पनि बेला टुट्न सक्ने दाबी गरेका छन् ।
‘एकातिर सत्तागठवन्धनमा रहेका दलहरूले हैसियतभन्दा बढी माग गरेका कारण असमझदारी भई गठबन्धन भत्कन सक्छ,’ नेता सिंहले भने- ‘अर्कोतिर नेपाली काँग्रेसको एउटा पक्ष गठबन्धनको विपक्षमा छ ।’
गत स्थानीय निर्वाचनमा आफूहरूले इमानदारिता प्रस्तुत गरेको उनले बताए । ‘बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे,’ उनले भने ।
यद्यपि आफूहरूको जोड गठबन्धन बचाउन केन्द्रित भएको नेता सिंहको भनाइ छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको आरोप लगाए । उनले आगामी निर्वाचनबाट प्रतिगमनकारीलाई हराउनुपर्ने बताए ।