काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन भने सर्वोच्च परिसरमा पनि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ भने वारको नेतृत्वमा वकिलहरु धर्ना बसेका छन् । ।
आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट निस्कन रोक लगाइएको हो ।
शनिवार मध्यरातबाट आफू विरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वोच्च अदालत आउने बताएका थिए ।
जबराविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएसँगै उनी निलम्बनमा परेका छन् ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिवार प्रतिवेदन बुझाएको थियो । एमाले र लोसपाका सदस्यहरुले भने फरक मत राखेका छन् । वहुमतबाट पारित गर्ने पक्षले महाअभियोग लगाउने एथेष्ट प्रमाण भेटिएको दावी गरेको छ भने फरक मत राख्नेहरुले छानविन अधुरो भएको र यतिले मात्र महाअभियोग लाग्न नसक्ने तर्क गरेका छन् ।



















