काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले माओवादी केन्द्रसंग एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भएपनि आफुहरु गठबन्धनमा नरहेको बताएका छन् ।
मंगलबार निर्वाचन आयोगमा सञ्चारकर्मीसंग कुरा गर्दै गौतमले गोलाकारभित्रको हँसिया हथौडा चिन्हबाट चुनाव लड्ने तर गठबन्धन भित्र नबस्ने बताएका हुन । अहिलेलाई माओवादीको चुनाव चिन्हबाट लड्दा सहज हुने भएकाले सहकार्य गरेको उनले भनाई छ । गौतमले आफुलाई कुन सिट दिन भन्ने जिम्मा प्रचण्डको रहेको जिकिर गरेका छन् । प्रतिनिधिसभातर्फ एक सीट र प्रदेशसभामा कम्तिमा २ सीट नेकपा एकता अभियानलाई दिनुपर्ने प्रस्ताव आफुहरुको रहेको उनको भनाई छ । आफुलाई चुनाव जित्ने आधार चाहिएको र सूर्य चिन्हमा चुनाव लड्दा पराजित हुने भएकाले माओवादीको चुनाव चिन्हबाट लड्न लागेको बताएका छन् ।
उनले आफुहरुको ध्यान कम्युनिष्ट पार्टीलाई एक बनाउनेमा केन्द्रीत रहेको पनि बताएका छन् ।