काठमाडौं । चलचित्र विकास बोर्ड, नेपालको अध्यक्ष पद मनोनित भएका भुवन केसी पदवहाली गरेका छन् ।
बुधबार चावहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षको रुपमा पदभार ग्रहण गरेका हुन । पदभारपछि केसीले सबैसंग छलफल गरेर आगामी कार्ययोजना बनाउने बताएका छन् ।
बोर्डको सेवालाई नियम–कानूनको परिधिभित्र बसेर सहज ढंगले अघि बढाउने उनले प्रतिवद्धता जनाएका छन् । सरकारले आफुलाई दिएको जिम्मेवारीलाई प्रतिवद्ध भएर अघि बढाउने उनको जिकिर छ । यसअघिका अध्यक्षले सुरु गरेको कार्ययोजनालाई निरन्तरता दिने र आफ्नो नयाँ कार्ययोजना ल्याउने उनको भनाई छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई बर्षका लागि बोर्डको अध्यक्षमा केसीलाई मनोनित गरेको थियो ।