काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनान र सिरियाको निरीक्षण भ्रमण सम्पन्न गरेर प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जानु भएको छ ।
सोमवारदेखि अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति शर्माले सोमवार नै संयुक्त राज्य अमेरिकाको क्वान्टिको, भर्जिनियास्थित नेशनल म्युजियम अफ द मरिन कोप्र्स वेसको अवलोकन भ्रमण गर्नु भएको बताइएको छ ।
सोही क्रममा, प्रधान सेनापति शर्माले मरीन कोर युद्ध लडाई प्रयोगशाला एसएफ कमांडिंग जनरल, ब्रिगेडियर जनरल केली बी. एलिसनसँग छलफल तथा अन्तक्र्रिया समेत गर्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भ्रमणकै क्रममा, प्रधान सेनापति शर्माले क्वान्टिको, भर्जिनियास्थित मरीन कोर कमाण्ड र स्टाफ कलेजको भ्रमण गर्नु भई उक्त कलेजको तालिम लगायत विविध पक्षका बारेमा जानकारी हासिल गर्नु भएको बताइएको छ ।
प्रधान सेनापति शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गर्नुभएको बताइएको छ ।