काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाकाे अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ ।




















