काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट ११ जना पत्रकारलाई सम्मान गर्नुभएको छ । उहाँले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा नगदसहित दोसल्ला र सम्मान पत्रले सम्मानित गर्नुभएको हो ।
सोही समारोहमा हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार–२०७७ बाट सङ्गठनका पूर्व अध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट पूर्व अध्यक्ष गगन विष्ट सम्मानित हुनुभएको थियो ।
त्यसैगरी संस्थाद्वारा सञ्चालित अग्निशिखा पत्रकारिता पुरस्कार–२०७७ बाट कृष्ण विनोद लम्साल र २०७८ बाट राजनीतिक विश्लेषक तथा पत्रकार झलक सुवेदी सम्मानित हुनुभएको छ ।
डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार–२०७७/०७८ बाट क्रमशः सागर पण्डित र हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम र अनुप तिवारी, चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङलाई सम्मान गरिएको छ ।
यसैगरी पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरस्कारबाट अब्दुलाह मियाँ र शिवराज भट्टलाई प्रदान गरिएको महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले बताउनुभयो ।




















