काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३४० रहेको मन्त्रालयले जनाएको छ ।




















