काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी १९४ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार ८७५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ७५४ जना होम आइसोलेसनमा रहेका छन् भने १३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ४२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत् रहेका मन्त्रालयले जनाएको छ ।




















