काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्यमा झरेको छ । यसअघि शुक्रबार एक जनाको र बिहीबार ३ जनाको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६९४७ रहेको मन्त्रालयले जनाएको छ ।




















