काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जना कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ८७७ जना निको भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ५६ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ भने ७ लाख ८७ हजार ५०७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१ जना रहेका छन् । जसमध्ये ९ हजार ४२३ जना होम आइसोलेसनमा रहेका छन् भने ७७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७३ जना आईसीयू र ८५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्षमुनिका ९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।



















