काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ८ हजार ५४९ जनामा परिक्षण गर्दा ५४५ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, आज थप ७२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३२६ पुगेको मन्त्रालयले जनाएको छ ।